काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ निर्धारण गरिएको छ । तर आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।