Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कतिमा भयो चिलिमेको शेयरमूल्य समायोजन ?

कतिमा भयो चिलिमेको शेयरमूल्य समायोजन ?

दैनिकी न्यूज

२९, मंसिर २०७७
कतिमा भयो चिलिमेको शेयरमूल्य समायोजन ?
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन गरेको छ।

कम्पनीले साधारण सभा तथा लाभंश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ आज बुकक्लोज गरेको हो।

कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन पश्चात शेयरमूल्य प्रतिकित्ता ५७० रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम कारोबार मूल्यका आधारमा सो मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंसिर २८ गते (आइतबार) कम्पनीको शेयर प्रतिकित्ता ६२७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

कम्पनीले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०७:५६:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology