Logo

सोमवार, श्रावण २५ गते २०८३

images

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट निष्काशन

प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट निष्काशन

दैनिकी न्यूज

२९, मंसिर २०७७
प्रभु लाइफ इन्स्योरेन्सको आईपीओ आजबाट निष्काशन
images

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले आजदेखि आइपीओ निष्काशन गरेको छ । इन्स्योरेन्स् कम्पनीले १०० रुपैयाँ दरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५४ लाख कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने पुस १३ गतेसम्म भर्न सकिनेछ ।

प्रभु लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५००० कित्ताका लागि आवेदन दिन सकिनेछ । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर आर्फत आवेदन दिन सक्नेछन् ।

प्रभुलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी–आइआर बीबी प्लस’ रेटिङ दिएको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ ।

हाल प्रभुको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ । बिमा समितिको प्रावधान अनुसार जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्दछ ।

प्रभु लाइफलाई नेपाल धितोपत्र बोर्डले मंसिर ११ गते आईपीओ निष्कासनको अनुमति दिएको हो ।

images
प्रकाशित मिति :मंसिर २९, २०७७ सोमवार - ०७:१५:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology