Logo

सोमवार, श्रावण २५ गते २०८३

images

साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?

दैनिकी न्यूज

२८, मंसिर २०७७
साधना लघुवित्तले प्रस्ताव गर्यो लाभांश, कति दिने भयो बोनस र नगद ?
images

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको गत मंसिर २५ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २१ करोड ७७ लाख ८० हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख ५६ हजार रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ४ करोड १३ लाख ७८ हजार २०० रुपैयाँ र १ प्रतिशतले हुन आउने २१ लाख ७७ हजार ८०० रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्त संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीहरु लाभांशको हकदार हुनेछन् ।

images
प्रकाशित मिति :मंसिर २८, २०७७ आइतवार - १४:४७:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology