काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांशमात्र बाँड्ने भएको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले सेयरधनीहरुलाई नगद लाभांशमात्र दिने प्रस्ताव गरेको हो। कम्पनीले सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित ५.२६३ प्रतिशते हुन आउने कुल ६ करोड ५ लाख २६ हजार ३१५.८ रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव गरेको छ।
लाभांश प्रस्तावसहित बैठकले कम्पनीको सातौँ वार्षिक साधारणसभाको मिति पनि टुंगो लगाएको छ। जसअनुसार कम्पनीले आउँदो पुस २२ गते काठमाण्डौको कमलादीस्थित हेरिटेज प्लाजामा रहेको कम्पनीको रजिस्टर्ड कार्यालयमा सभा डोकेको छ।
लाभांश र सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस ५ गतेदेखि पुस ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब पुस ४ गतेसम्म कायम सेयरधहरुमात्र कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पाउने र सभामा भाग लिन योग्य हुनेछन्।