काठमाडौं । साताको अन्तिम दिन सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार कारोबार रकम समेत बढेको छ । आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा पुगेको छ भने ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको स्टकले जनायो । नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् । आज ४ वटा कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । लिबर्टी इनर्जी कम्पनी लिमिटेड, प्रभु बैंक लिमिटेड संस्थापक शेयर, नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र हिमालयन डिस्टीलरी कम्पनी लिमिटेडको कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।