काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । बुधबार भाउ ९३ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलमा ७०० रुपैयाँले घटेर कारोबार भएको थियो ।
महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार ५० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।