काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६–७७ का मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले मुनाफाबाट शेयरधनीहरुलाई ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.४० प्रतिशत नगद लाभांश गरी कुल ११.४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । मंसिर २४ गते बसेको सञ्चालक समितिको २२१ औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीका २ करोड ७२ लाख चुक्ता पुँजी रहेको छ ।