Logo

सोमवार, श्रावण २५ गते २०८३

images

अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन

दैनिकी न्यूज

२५, मंसिर २०७७
अरुण भ्यालीको लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन
images

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन रहेको छ। कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ मंसिर २६ गते बुकक्लोज गर्नेछ।

यस अनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्नुका साथै साधारण सभामा सहभागिता जनाउने सक्नेछन्।

कम्पनीले लाभांश पारित गर्न २३ औं वार्षिक साधारण सभा बोलाएको छ। पुस ८ गते बिहान ११ बजे कम्पनी कार्यालय, थापाथली, ट्रेड टावरको तेस्रो तलमा रहेको सभाकक्षबाट भर्चुअल माध्यममा साधारण सभा बोलाएको हो।

साधारण सभाले आर्थिक वर्ष २०७६–०७७ को खुद मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। 

images
प्रकाशित मिति :मंसिर २५, २०७७ बिहिवार - ०९:५२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology