काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज (शुक्रबार) पनि बढेको छ । बिहीबार सुनको भाउ ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रति तोलामा १६०० रुपैयाँले बढेको थियो ।
महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार ४५० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय १० रुपैयाँ रहेको महासंघले जनाएको छ ।