काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्यय बैंक मध्ये १३ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरीसकेका छन् ।
लाभांश प्रस्ताव गर्ने वाणिज्य बैंकहरुमा माछापुच्छ्रे बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, स्ट्याण्डर्ड चार्टड बैंक नेपाल, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल बंगलादेश बैंक रहेका छन् ।
लाभांश घोषणा गरेका १३ मध्ये ६ वाणिज्य बैंकको साधारण सभाका लागि बुकक्लोजसमेत गरिसकेका छन् ।
बुक क्लोज गर्ने वाणिज्य बैंकमध्ये माछापुच्छ्रे बैंक, सानिमा बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, कुमारी बैंकको साधारण सभाका लागि बुकक्लोज सम्पन्न भैसकेको छ ।
लाभांश घोषणा गरेर बुकक्लोज सम्पन्न भैसकेका ६ बैंकमध्ये बैंक अफ काठमाण्डू र सानिमा बैंकले भने साधारण सभा समेत सम्पन्न गरिसकेका छन् । यसैगरी एनआईसी एशिया बैंकले मंसिर २१ गते, सिटिजन्स र कुमारी बैंकले मंसिर २९ गते तथा माछापुच्छ्रे बैंकले पुस २ गते साधारण सभा आह्वान गरेका छन् । माछापुच्छ्रे बैंकले यसअघि कार्तिक ६ गते साधारण सभा आह्वान गरेपनि कोभिड असरका कारण सभा स्थगित गरेकोमा पुन आह्वान गरेको हो । लाभांश घोषणा गरेका ७ बैंकले साधारण सभा र बुकक्लोज तोकेका छैनन् ।
लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी हिमालयन बैंक र एनआईसी एशिया बैंकले रहेको छ । उता सनराइज बैंकले सबैभन्दा कम लाभांश प्रस्ताव गरेको छ ।
हिमालयन बैंकले १४ प्रतिशत बोनस, ६ प्रतिशत नगद, एनआईसी एशिया बैंकले १९ प्रतिशत बोनस १ प्रतिशत नगद, ग्लोबल आईएसई बैकले १४ प्रतिशत बोनस, २ प्रतिशत नगद, बैक अफ काठमाण्डूले १३ प्रतिशत बोनस, ३ प्रतिशत नगद, कुमारी बैंकले १० प्रतिशत बोनस, ४ प्रतिशत नगद , सानिमा बैंकले १० प्रतिशत बोनस, ३.६० प्रतिशत नगद घोषणा गरेको छ ।
त्यस्त स्टाण्डर्स चाटर्ड बैकले ७ प्रतिशत बोनस, ४.८४ प्रतिशत, सिटिजन्स बैक इन्टरनेशनलले ८ प्रतिशत बोनस, ३ प्रतिशत नगद, माच्छापुच्छे बैकले ७.३० प्रतिशत बोनस, ३.३७ प्रतिशत नगद, एभरेष्ट बैंकले ५ प्रतिशत नगद, ५.५३ प्रतिशत नगद, नेपाल एसबीआई बैंकले ६ प्रतिशत बोनस, ३.४७ प्रतिशत नगद, नेपाल बंगलादेश बैंक ६ प्रतिशत बोनस, २.४२ प्रतिशत नगद र सनराइज बैंकले ५.८० प्रतिशत बोनस, २.४८ प्रतिशत नगद रहेको छ ।
लाभांश प्रस्ताव गर्न बाँकी वाणिज्य बैंकहरुमा एनएमबी बैंक, नबिल बैंक, कृषि विकास बैंक, सेञ्चुरी कमर्सियल बैंक, सिभिल बैंक, मेगा बैंक, सिद्धार्थ बैक, नेपाल बैंक, प्रभु बैक, नेपाल इन्भेष्टमेण्ट बैंक, प्राइम कमर्सिलय बैंक, नेपाल क्रेडिट एण्ड कमर्सियल बैक, लक्ष्मी बैंक रहेका छन् ।