Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयरबजार उच्चः स्थायित्वसहितको बजार विस्तार आवश्यक

शेयरबजार उच्चः स्थायित्वसहितको बजार विस्तार आवश्यक

दैनिकी न्यूज

१७, मंसिर २०७७
शेयरबजार उच्चः स्थायित्वसहितको बजार विस्तार आवश्यक
images

काठमाडौं । शेयरबजारमा पछिल्लो समय देखिएको उतारचढावबाट नयाँ लगानीकर्ता जोखिममा पर्ने सक्ने देखिएपछि यसको स्थायित्वको पक्षमा आवाज उठ्न थालेको छ ।

बजारको अहिलेको उतारचढावलाई सूक्ष्म रूपमा अध्ययन गरी स्थायित्वका लागि नियामक निकाय तथा नीतिनिर्माताका बीच समन्वय हुनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् ।

नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष एवम् अर्थविद् डा। रेवतबहादुर कार्कीले कोभिडका कारण अन्य क्षेत्रमा नकारात्मक असर परिरहेको बेला पूँजी बजारमा देखिएको उतारचढाव अस्वाभाविक रहेको बताएका छन् । देशको अर्थतन्त्र पहिलाको तुलनामा कमजोर भएको र सूचीकृत कम्पनीहरूको प्रगति पनि पहिलाभन्दा कमजोर रहेको अवस्थामा बजार बढ्नु जोखिमपूर्ण हुनसक्ने उनको अनुमान छ । लगानीकर्ताहरू हल्लाको पछि लागेको उनको भनाइ छ । बजार बढ्ने वा घट्ने सम्भावनाका कारण पहिचान नगरी बजार अभैm माथि पुग्छ भन्ने हल्लाको पछि लगानीकर्ता लागेको कार्की बताउँछन् ।

बैंकले सस्तो ब्याजमा सहज कर्जा प्रदान गरेर पूँजी बजारका लागि प्रोत्साहन गरेकाले बैंक तथा वित्तीय संस्थाहरूलाई पनि चुनौती थपिएको उनको विश्लेषण छ । यो अवस्थामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र नेप्सेले संयुक्त रूपमा पूँजी बजारबाट कोही पनि नडुब्ने स्थिति बनाउन संयुक्त पहल गर्नुपर्ने सुझाव कार्कीले दिएका छन् ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा शेयरबजारमा उच्च उतारचढाव आउनुको आधारभूत कारण अन्य क्षेत्रको कारोबारमा सुस्ती आउनु, बैंकमा अधिक तरलतासँगै ब्याजदर घट्नुलाई लिन्छन् । कोभिडका कारण अन्य क्षेत्रहरूमा लगानी गर्ने स्थिति नहुँदा ती क्षेत्रको पैसा पनि पूँजी बजारमा भित्रिएको थापाको भनाइ छ । यति बेला लगानीकर्ताहरूले अर्थतन्त्रको आधारभूत पक्षभन्दा पनि शेयरबजारको आधारभूत पक्षलाई हेरेर लगानी गरेको थापाको अनुमान छ ।

यो खबर आजको आर्थिक अभियानमा प्रजिता बुढाथोकीले लेखेका छन् ।

images
प्रकाशित मिति :मंसिर १७, २०७७ बुधवार - ०७:१८:१५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology