काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा आज कुमारी बैंक, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेमा कुमारी बैंक लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको १०।८५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २७३ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३०३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकको वार्षिक साधारण सभा मंसिर २९ गते सोमबार बैंकको रजिष्टर्ड कार्यालय टङ्गालमा हुनेछ ।
त्यस्तै रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य १७६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।उक्त हाइड्रोपावर को ५ प्रतिशत बोनस शेयरपश्चात कम्पनीको शेयरमूल्य १६८ रुपैयाँ कायम भएको छ। कम्पनीको हिजो १७६ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। रिडी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०।२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ।
नेप्सेले कुमारी बैंक ९प्द्यी० को १०।८५ प्रतिशत बोनस शेयर समायोजन गरी बैंकको शेयरमूल्य २७३ रुपैयाँ कायम गरेको छ। बैंकको हिजोको अन्तिम कारोबार मूल्य अर्थात ३०३ रुपैयाँमा मूल्य समायोजन भएको हो।
कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३।१५ प्रतिशत नगद लाभांश तथा १०।८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ। बैंकले आफ्नो रजिष्ट्रार कार्यालय, टंगाल, काठमाडौँमा बिहान साढे ११ बजे सभा डाकेको हो।
त्यस्तै नेप्सेले साल्ट ट्रेडिङ्ग कर्पोरेशनको २५ प्रतिशत बोनस शेयर समायोजन गरी कम्पनीको शेयरमूल्य ६ हजार रुपैयाँ तोकेको छ। आइतबार कम्पनीको शेयर ७५०० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।