काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको मंसिर १४ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६–०७७ को नाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७६–०७७ को खुद नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश आगामी २३ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछ ।
कम्पनीले बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ५ को अनुपातमा हकप्रद विक्री गर्ने प्रस्ताव पनि गरेको छ ।
हाल कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । गत असोज २१ गते बोर्डमा निवेदन दिएको उक्त हकप्रद स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ९९ करोड ८३ लाख २३ हजार छ ।