Logo

सोमवार, श्रावण २५ गते २०८३

images

स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव

स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव

दैनिकी न्यूज

१४, मंसिर २०७७
स्वरोजगार लघुवित्तको लाभांश प्रस्ताव
images

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६–७७ का लागि कुल १३ दशमलव ९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले १३ दशमलव २७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको मंसिर १३ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ३४ करोड १६ लाख १२ हजार रुपैयाँको आधारमा उक्त लाभांश दिन लागेको हो । 

images
प्रकाशित मिति :मंसिर १४, २०७७ आइतवार - १४:१७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology