Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सेयर बजारमा उछाल, चारवर्ष अघिको रेकर्ड ब्रेक हुँदै !

सेयर बजारमा उछाल, चारवर्ष अघिको रेकर्ड ब्रेक हुँदै !

दैनिकी न्यूज

१०, मंसिर २०७७
सेयर बजारमा उछाल, चारवर्ष अघिको रेकर्ड ब्रेक हुँदै !
images

काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार परिसूचक अहिलेसम्मको सबैभन्दा उच्च बिन्दूमा पुगेको छ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार एकै दिन ६४.७ अंकले बढेर १,८७४.८१ बिन्दुमा पुगेको हो । सेयर बजारमा आएको उछालले पुरानो ‘रेकर्ड ब्रेक’ गर्ने संकेत देखाएको छ । नेप्से परिसूचक २०७३ साउनमा अहिलेसम्मकै उच्च बिन्दू १८८१.४५ बिन्दूमा पुगेपछि झण्डै तीन वर्ष वियरिस ट्रेण्डमा थियो । लकडाउनपछि नेप्सेमा कारोबार शुरु भएपछि बजार उकालो लाग्ने क्रम शुरु भएको हो । मौद्रिक नीतिले शेयर धितोमा कर्जा खुकुलो बनाएपछि सेयर बजारमा लगानी बढ्न थालेको हो । आज बुधबार नेप्सेमा १९६ कम्पनीका ५ अर्ब १३ करोड १८ लाख रुपैँया मूल्य बराबरका एक करोड ४७ लाख ८९ हजार तीन सय तीन कित्ता सेयर ४२ हजार एक सय ५१ कारोबारबाट किनबेच भएका छन् । आज होटल उपसमूहबाहेकका अन्य सबै उपसमूहको परिसूचक उकालो लागेका छन् । कोभिड–१९ का कारण बैंक तथा वित्तिय संस्थाको नाफा गर्ने क्षमतामा कमी आएको र त्यसको असर लाभांशमा परे पनि बैंक तथा वित्तिय संस्थाको सेयरमा लगानीकर्ताको आकर्षण घटेको छैन । आज एनएमबी लघुवित्त कम्पनी र विशाल बजार कम्पनीकोे सेयर १० प्रतिशतले बढेको छ । यसका अतिरिक्त नेपाल टेलिकम, नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र अजोड इन्स्योरेनस लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०७७ बुधवार - १६:३९:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology