Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार ह्वात्तै घट्यो सुनको भाउ

मंगलबार ह्वात्तै घट्यो सुनको भाउ

दैनिकी न्यूज

९, मंसिर २०७७
मंगलबार ह्वात्तै घट्यो सुनको भाउ
images

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै घटेको छ । बजारमा आज सुन सोमबारको तुलनामा १८०० रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको भाउ ९२ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
तर सोमबार छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३ सय र तेजावी सुनको भाउ ९३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

8-9.PNG

त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । सोमबारको तुलनामा मंगलबार चाँदी प्रति तोलामा ३० रुपैया घटेर कारोबार भएको छ । आज चाँदी प्रति तोला ११ सय ८० रुपैयाँमा कारोबार भैरहेको च । तर सोमबार प्रतितोला १२ सय १० रुपैयाँमा कारोबार भएको थियो ।

images
प्रकाशित मिति :मंसिर ९, २०७७ मंगलवार - १०:५८:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology