काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ । बजारमा आज सुन आइतबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको भाउ ९३ हजार ८ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२१० रहेको महासंघले जनाएको छ ।