काठमाडौँ । आइतबार सुनको भाउ घटेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै यस दिन चाँदीको भाउ स्थिर रहेको छ । आइतबार चाँदीको भाउ १२ सय १० रुपैयाँमा कारोबार भैरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।