काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अपि पावर कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको ९ प्रतिशत बोनसमा मूल्य समायोजन गरेको जनाएको हो ।
समायोजनपछि कम्पनीको शेयर मूल्य २६३ रुपैयाँ कायम भएको छ । समायोजन अगाडी कम्पनीको शेयर मूल्य २७९ रहेको थियो । कम्पनीले १७ औ साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेकोले कम्पनीको मूल्य समायोजन गरेको हो ।