काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको ८ लाख ५८ हजार कित्ता बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको छ ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट चुक्ता पूँजी ८८ करोड ३३ लाख ९३ हजार रुपैयाँको ८।१२५ प्रतिशत बोनस र बोनस शेयरमा लाग्ने कर बापत ०।४०६ लाभांश वितरण गरेको थियो ।
बुधबार सूचीकृत भएसँगै उक्त बोनस शेयर धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।