काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । मंगलबार सुनको मूल्य तोलामा ९८ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा १०० रुपैयाँलेले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ४०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २२० रुपैयाँ रहेको महासंघले जनाएको छ ।