काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले बढेको छ । आज परिसूचक २५ दशमलव ९८ अंकको वृद्धिका साथ १ हजार ६७८.७९ को विन्दुमा पुगेको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०९ अंकको बढेसँगै ३३० दशमलव ३९ विन्दुमा आएर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृत १९६ कम्पनीका ९६ लाख ५७ हजार ६७७ कित्ता सेयर ४ अर्ब ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँमा कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये १० वटामा हरियाली छाएको छ भने २ वटामा रातो भएको छ । यो दिन जीवन बीमा समूहमा सर्वाधिक ४७६.३६ अंकले बढेको छ । निर्जीवन बीमा समूह १६०.४ अंक, बैंकिङ समूह ७.११ अंक, व्यापार समूह १०९.४९ अंक, होटेल्स् समूह ८७.४३ अंक, विकास बैंक समूह ८.०७ अंक, वित्त समूह ३.८३ अंक, उत्पादन तथा प्रशोधन समूह ४०.९ अंक, अन्य समूहमा ४८.५८ अंक र लघुवित्त समूहमा ४.८९ अंकले बढेको छ । आज जलविद्युत् समूहमा ०.६८ अंक र म्युचुअल फन्ड समूहमा ०.०२ अंकको गिरावट आएको छ।
यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक २८ करोड ५३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ५८ लाख, हिमालयन डिस्टिलरीको २० करोड ८३ लाख रुपैयाँ, एनटीसीको २० करोड ६४ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १६ करोड ८७ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ७१ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको १० करोड २७ लाख रुपैयाँ, अपी पावरको ९ करोड ७४ लाख रुपैयाँ र शिवम् सिमेन्ट्सको ९ करोड २५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज तीनवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। कर्पोरेट डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत र सानिमा जनरल इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो। यो दिन नेपाल टेलिकम ९एनटीसी० को सेयरमूल्यमा पनि ९ प्रतिशत बढीले उछाल आएको छ।
आज विशाला बजार कम्पनीका सेयरधनीहरुले धेरै गुमाए। जसको सेयरमूल्य ५ प्रतिशतको हाराहारीमा गिरावट आएको छ।