Logo

आइतवार, श्रावण २४ गते २०८३

images

तिहारको मुखैमा नेप्से बढ्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनी

तिहारको मुखैमा नेप्से बढ्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनी

दैनिकी न्यूज

२४, कार्तिक २०७७
तिहारको मुखैमा नेप्से बढ्यो, यी हुन् सर्वाधिक कमाउने कम्पनी
images

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ । आज (सोमबार) नेप्से परिसूचक ४.२२ अंकले बढेर १ हजार ६ सय ५२ दशमलव ८० विन्दुमा कायम भएको स्टकले जनाएको छ । तर ठुला कम्पनीको कारोबार गर्ने सेन्सेटिभ इन्डेक्स भने झिनो अंकले घटेको छ ।नेप्सेका अनुसार आज ३ अर्ब ६९ करोड ९७ लाख २ हजार ७८१ को कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये ६ वटा समूह ओरालो लागेका छन् भने अन्य ६ वटा बढेका छन् । साेमबार काराेबार रकमकाे आधारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । कम्पनीको ५५ कराेड एक लाख ८१ हजार ४ सय ८५ रूपैयाँ बराबरकाे शेयर काराेबार भएकाे हाे । तिहार सुरु हुन लागेपछि नेप्से बढेको हो ।

images
प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १५:५९:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology