काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज फेरि बढेको छ । आइतबार सुनको भाउ तोलामा ९७ हजार ७ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९८ हजार २ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ७ रहेको छ ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२८५ रहेको महासंघले जनाएको छ । तर आइतबार चाँदीको भाउ प्रतितोला १२७५ मा कारोबार भएको थियो ।