काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्ष २०७६–०७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ।
माइक्रोफाइनान्सको कार्तिक १९ गते बसेको सञ्चालक समितिको बठकले १६.९३९९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९१६ प्रतिशत जगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
माइक्रोफाइनान्सले कुल १४ करोड ४८ लाख ६० हजार रुपैयाँ बराबरको बोनस शेयर र ७६ लाख २४ हजार २१०.५३ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति र माइक्रोफाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।
संस्थाले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ मा कूल ३१.५८ प्रतिशत लाभांश (३० प्रतिशत बाेनस र कर प्रयाेजनकाे लागि १.५८ प्रतिशत नगद) वितरणा गरेकाे थियाे ।