Logo

सोमवार, श्रावण २५ गते २०८३

images

शेयर बजार सामान्य अंकले करेक्सन

शेयर बजार सामान्य अंकले करेक्सन

दैनिकी न्यूज

१९, कार्तिक २०७७
शेयर बजार सामान्य अंकले करेक्सन
images

काठमाडौँ । आज शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक २.३९ अंकले घटेर १ हजार ६४०.६४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.११ अंकले घटेर ३२६.४९ विन्दुमा आएर बन्द भएको छ ।

यस दिन २०२ वटा कम्पनीको ५६ लाख ३१ हजार ६ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ५ वटा उपसमूहको शेयर घटेको छ। यो दिन व्यापार समूह सबैभन्दा बढी २५.३१ अंकले बढेको छ । होटेल्स् समूहमा ४.६७ अंक, जलविद्युत् समूहमा १.५८ अंक, अन्य समूहमा ५.३९ अंक र म्युचुअल फन्ड समूह ०.०१ अंकको बढेको छ । उता निर्जीवन बीमा समूह सर्वाधिक ८८.६८ अंकले गिरावट आएको छ । जीवन बीमा समूह १२.६७ अंक, बैंकिङ समूह ३.०४ अंक, विकास बैंक समूह ११.४२ अंक, वित्त समूह २.८८ अंक, उत्पादन तथा प्रशोधन समूह ०.११ अंक र लघुवित्त समूह ३.६६ अंकले घटेका छन्।

बुधबार काराेबार रकमकाे आधारमा प्राइम कमर्सियल बैंक लिमिटेडले अग्रता कायम गर्न सफल भएकाे छ । बैंककाे ९ कराेड ५३ लाख ३ हजार ४ सय ३३ रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

यस दिन विशाल बजार कम्पनी र सानिमा जनरल इन्सुरेन्सको सेयर भाउ पोजिटिभ सर्किट लागेको छ भने शिवश्री हाइड्रोपावरको भाउ ५.१७ प्रतिशत ले घटेको छ ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - १५:१७:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology