Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ

दैनिकी न्यूज

१९, कार्तिक २०७७
बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ
images

डोटी । बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्र्पकबिहिन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ । उनलाई आरोप प्रमाणित भए हदैसम्मको कानूनी कारवाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताए । सो अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिए । रासस 

images
प्रकाशित मिति :कार्तिक १९, २०७७ बुधवार - ०५:४८:४९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology