काठमाण्डौ । सोमबार नेप्से परिसूचक ३.३३ अंकको घटेर १६३७.६३ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.१७ अंकको गिरावटका साथ ३२५.४६ को विन्दुमा झरेको छ। आज नेप्सेमा सूचीकृतमध्ये १९७ कम्पनीका ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने बाँकी ४ वटा समूहको शेयर मूल्यमा गिरावट आएको छ । यो दिन लघुवित्त समूहमा सर्वाधिक ६२.३ अंक, व्यापार समूह ३४.५२ अंक, होटेल्स् समूहमा ९.३३ अंक, जलविद्युत् समूहमा ०.५४ अंक, वित्त समूहमा ३.९६ अंक, निर्जीवन बीमा समूहमा २७.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ३.८८ अंक र म्युचुअल फन्ड समूहमा ०.०१ अंकले बढेको छ । उता बैंकिङ समूह ११.६२ अंक, जीवन बीमा समूह ९.४ अंक, विकास बैंक समूहमा ०.३ अंक र अन्य समूहमा ३.२९ अंकले घटेको छ ।
यो दिन प्राइम कमर्सियल बैंकको सर्वाधिक १२ करोड ४० लाख रुपैयाँ बढीको कारोबार भएको छ। त्यस्तै नेपाल बैंकको ८ करोड १६ लाख, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्टको ८ करोड रुपैयाँ, प्रभु बैंकको ७ करोड ५९ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ६ करोड ८४ लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्सको ६ करोड ७८ लाख रुपैयाँ, डेप्रोक्स लघुवित्तको ६ करोड ७६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ६ करोड ७६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड १ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको ५ करोड ९४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
आज ४ वटा कम्पनीका सेयरधनीहरु मालामाल भएका छन्। विशाल बजार कम्पनी, सारथी नेपाल लघुवित्त, गुराँस लघुवित्त र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको छ ।
यो दिन जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ३ प्रतिशत बढीको गिरावट आएको छ।