Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंंसिर ४ गतेदेखि नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

मंंसिर ४ गतेदेखि नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने

दैनिकी न्यूज

१६, कार्तिक २०७७
मंंसिर ४ गतेदेखि नेपाल फाइनान्सले हकप्रद शेयर निष्काशन गर्ने
images

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले यहि मंसिर ४ गतेदेखि १२५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ। फाइनान्सले गत असोज १९ गते नेपाल धितोपत्र बोडबाट हकप्रद शेयर जारी गर्न स्विकृति पाएको हो ।

फाइनान्सले चुक्ता पूँजीको १२५ प्रतिशत अर्थात हाल कायम १ कित्ता बराबर नयाँ १.२५ कित्ता अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार फाइनान्सले एक सय रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि फाइनान्सले कात्तिक ६ गते बुकक्लोज गरेको थियो। यसअनुसार कात्तिक ५ गते बुधबारसम्म कायम फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर २४ गतेसम्म आवेदन दिन पाउनेछन्।

हाल १३ करोड ५८ लाख ५०० रुपैयाँ रहेको फाइनान्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ। 

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०७:५३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology