Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दैनिकी न्यूज

१६, कार्तिक २०७७
सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
images

काठमाडौं । सानिमा बैंकको प्रस्तावित १३ दशमलव ६० प्रतिशत लाभांश सुरक्षित गर्ने आज (कात्तिक १६ गते आइतवार) अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांशसहित विविध प्रस्ताव पारित गर्न कात्तिक २८ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १७ गते एक दिन बुक क्लोज गर्ने भएकाले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन कात्तिक १६ गतेभित्र शेयर सुरक्षित गर्नुपर्ने भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६–०७७ का लागि १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्तापूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार रुपैयाँ रहेको छ । बोनसपछि यो पूँजी ९ अर्ब ६८ करोड १५ लाख १८ हजार पुग्नेछ ।

images
प्रकाशित मिति :कार्तिक १६, २०७७ आइतवार - ०६:२३:४० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology