काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेको छ ।
कम्पनीले १ः०.४७६१९०४७६१९ को अनुपातमा अर्थात् ४७.६१९ प्रतिशतले हुन आउने ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गर्ने छ ।
हकप्रदमा मङ्सिर ४ गतेसम्म आवेदन दिन सकिने छ । हकप्रद निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
हकप्रद निष्काशनका लागि कम्पनीले २०७६ चैत १ गते बुकक्लोज गरेको थियो। यसअनुसार फागुन ३० गतेसम्म कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
हकप्रदमा सिद्धार्थ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, सिद्धार्थक बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत मंसिर ४ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई इक्राएनपि आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड ४ रेटिङ्गले कम्पनीको वित्तीय आधारभुत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ।
हाल १ अर्ब १९ करोड ७ लाख रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ७५ करोड ७७ लाख रुपैयाँ पुग्नेछ।