काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/०७७को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले ११.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। कात्तिक १३ गते बसेको बैंकको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस शेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने बैंकले जनाएको छ। गत वर्ष कम्पनीले २२ दशमलव ५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।