Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चन्द्रागिरि र गोदावरीमा दुई जना मृत फेला

चन्द्रागिरि र गोदावरीमा दुई जना मृत फेला

दैनिकी न्यूज

१४, कार्तिक २०७७
चन्द्रागिरि र गोदावरीमा दुई जना मृत फेला
images

काठमाडौं । काठमाडौँको चन्द्रागिरि र ललितपुरको गोदावरीमा बिहीबार दुई जना मृत फेला परेका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार चन्द्रागिरि नगरपालिका १५ ढुङ्गेअड्डा खड्कुले खोला पुलमुनी ओखलढुङ्गा सिस्नेरी गाउँपालिका २ का ३६ वर्षीय माईला भन्ने गणेश नेपाली मृत फेला परेका छन् ।

यस्तै ललितपुरको गोदावरी नगरपालिका ३ टौखेल बस्ने ३३ वर्षीय श्रीराम कुँवर आफ्नै घरमा आज मृत फेला परेका छन । मृत्युको कारण भने नखुलेको र उक्त घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

उता काठमाडौँ महानगरपालिका ९ विजयचोक डेरा गरी बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका ४ दधिकोटकी मन्दिरा थापा भण्डारीको झण्डै डेढ लाख चोरी भएको छ । उनको कोठाबाट रु ४८ हजार रुपैयाँ नगद र ग्लोबल बैंँकको एटिएमबाट रु एक लाख चोरी भएको जनाइएको छ । रासस

images
प्रकाशित मिति :कार्तिक १४, २०७७ शुक्रवार - ०६:४२:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology