Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ सूचकमा उछाल

नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ सूचकमा उछाल

दैनिकी न्यूज

१२, कार्तिक २०७७
नेप्से दोहोरो अंकले बढ्यो, बैंकिङ सूचकमा उछाल
images

काठमाडौं । दशैंको विदापछि खुलेको शेयर बजारमा बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ४१.२० अंकको वृद्धिसँगै बजार एक हजार ४७ दशमलब ४६ पुगेको छ । र्२ अर्ब ७२ करोड ५९ लाख ९४ हजार ६९ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

बुधबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९.२१ अंकले बढेर ३२७.७६ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २.८९ प्रतिशत बढी हो । अधिकांश बाणिज्य बैंकहरुको शेयर मूल्यमा वृद्धि भएको छ ।

आज ग्लोबल आईएमई बैंकको सेयर कारोबार उच्च भएको छ । बैंकको एकैदिन २० करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, प्राइम कमर्शियल बैंकको १७ करोड ४४ लाख रुपैयाँ, प्रभु बैंकको १६ करोड २७ लाख रुपैयाँ, सिटिजन्स बैंकको १० करोड ७० लाख रुपैयाँ, नेपाल बैंकको ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंक, एनआईसी एशिया बैंक, एनएमबी बैंक, सिभिल बैंक र मेगा बैंकको पनि साढे ६ करोड माथिको सेयर कारोबार भएको छ ।

कारोबारको सुरु देखि नै बैंकमा लगानीकर्ताको ध्यान गएको छ । जसले गर्दा बैकिङ समूहको उपसूचक ५५.१५ अंकले बढेको छ । यस्तै होटल ३२.८५, विकास बैंक ६०.९७, वित्त कम्पनी १३.३८, निर्जीबन बीमा ४७.०७, जीवन बीमा ११०.६८, माइक्रोफाइनान्स समूहको उपसूचक २५.१९ अंकले बढेको छ ।

अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्ति भएका र उनले अर्थतन्त्रका बारेमा नीतिगत रुपमा केही परिवर्तन आउन सक्ने भएकाले पनि बजार बढेको विश्लेषकहरुको भनाइ छ । बजार अझै बढने अपेक्षा ठूला लगानीकर्ताको छ ।

केही वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गरिने लाभांस प्रस्ताव गरिसकेका छन् भने धेरैले गर्न बाँकी छ ।

कोरोना कहरका बीच वाणिज्य तथा विकास बैंकहरुले एकपछि अर्को गर्दै सरप्राइज लाभांश घोषणा गर्न थालेपछि त्यसको प्रभाव सेयर बजारमा देखिएको छ । यही कारण दशैंविदा पछि खुलेको सेयर बजारमा उछाल आएको छ । मुख्य रुपमा बैंकिंग समूहकै कारण नेप्से परिसूचकमा उछाल आएको हो ।

images
प्रकाशित मिति :कार्तिक १२, २०७७ बुधवार - १५:२६:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology