काठमाडौं । बडादसैंको अवसरमा बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः नियमित खुल्ने भएको छ ।
धितोपत्रको दोस्रो बजार गत बिहीवारको कारोबार दिनसम्म संचालन भएको थियो । बडादसैंको अवसरमा गत शुक्रवारदेखि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुनः संचालन हुने नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले बताएको छ ।