Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दाङमा एक पुरुष खुट्टा छिनिएको अवस्थामा फेला, काठमाडौँ लैजाने तयारी

दाङमा एक पुरुष खुट्टा छिनिएको अवस्थामा फेला, काठमाडौँ लैजाने तयारी

दैनिकी न्यूज

११, कार्तिक २०७७
दाङमा एक पुरुष खुट्टा छिनिएको अवस्थामा फेला, काठमाडौँ लैजाने तयारी
images

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक बाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार सोमबार राति १० बजेतिर तुलसीपुर–१२ गोलौरीमा अज्ञात व्यक्तिहरुको आक्रमणबाट विक बाँया खुट्टा छिनिएका अवस्थामा फेला परेका हुन् ।

खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेपछि उनलाई सोमबार राति नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रिफर गरिएको थियो । प्रनाउ सिंहका अनुसार अत्यधिक रक्तस्राब भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको छ ।

उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने प्रहरीको भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन । खोजी कार्य भने जारी रहेको प्रनाउ सिंहले बताए । रासस

images
प्रकाशित मिति :कार्तिक ११, २०७७ मंगलवार - १०:५३:११ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology