Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ग्लोबल आईएमई बैंकले प्रस्ताव गर्यो लाभांश

ग्लोबल आईएमई बैंकले प्रस्ताव गर्यो लाभांश

दैनिकी न्यूज

७, कार्तिक २०७७
ग्लोबल आईएमई बैंकले प्रस्ताव गर्यो लाभांश
images

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफा मार्फत उक्त लभांस वितरण गर्ने घोषणा गरेको हो ।

बैंकले १४ प्रतिशत बोनास शेयर र २ प्रतिशत नगद लाभांश सहित १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि बैंकका शेयरधनीले प्राप्त गर्ने छन् । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।

ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्ने छ ।

हाल बैंकको २ खर्ब ४० अर्ब रुपैयाँ भन्दा बढी निक्षेप र २ खर्ब ६ अर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी रहेको छ । बैंकका ७१ जिल्लामा २६१ वटा शाखा, ४५ वटा राजश्व संकलन तथा एक्सटेन्सन काउण्टर, २३७ एटिएम, तथा २२९ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेका छन् ।

गत वर्ष बैंकले १२.७५% बोनस र १२.७५% नगद गरी २५.५% लाभांश वितरण गरेको थियो । 

images
प्रकाशित मिति :कार्तिक ७, २०७७ शुक्रवार - १२:३३:०० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology