Logo

सोमवार, श्रावण २५ गते २०८३

images

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

दैनिकी न्यूज

५, कार्तिक २०७७
दोहोरो अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी
images

काठमाण्डौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको दोहोरो अंकले बढेको छ । आजे नेप्से परिसूचक १३.९४ अंकले बढेर १५९७.७१ को विन्दुमा आएर आजको कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.१० अंकले बढेर ३१६.६५ विन्दुमा आएर कारोबार बन्द भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये १९२ कम्पनीका ५५ लाख ९ हजार ४४८ कित्ता सेयर १ अर्ब ६३ करोड ३२ लाख ४६ हजार १४८ रुपैयाँमा कारोबार भएको छ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ८ वटा उपसमूहको शेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे शेयर घटेकाे छ । यो दिन सबैभन्दा बढी निर्जीवन बीमा समूहमा ६४.२८ अंकले बढेको छ । जीवन बीमा समूहमा ५७.९४ अंक, बैंकिङ समूह २१.५५ अंक, व्यापार समूह २३.४ अंक, विकास बैंक समूह १०.०४ अंक, अन्य समूह ३.०५ अंक, लघुवित्त समूह ३.४१ अंक र म्युचुअल फन्ड समूह ०.१ अंकले बढेको छ । उता होटेल्स् समूहमा सबैभन्दा धेरै १५.०३ अंकको गिरावट आएको छ। जलविद्युत् समूह १४.०९ अंक, वित्त समूह ०.६ अंक र उत्पादन तथा प्रशोधन समूह ६.३३ अंकले गिरावट आएको छ ।

आज एनआईसी एसिया बैंकको सर्वाधिक २४ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। कुमारी बैंकको ८ करोड ३९ लाख रुपैयाँ कारोबार भएको यो दिन नेपाल बैंकको ७ करोड ४३ लाख रुपैयाँ, हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६३ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ४ करोड ५३ लाख रुपैयाँ, एनएमबी बैंकको ४ करोड १० लाख रुपैयाँ, अपी पावरको ३ करोड ८४ लाख रुपैयाँ, एभरेस्ट बैंकको ३ करोड ७३ लाख रुपैयाँ, लक्ष्मी विकास बैंकको संस्थापक सेयरको ३ करोड ६५ लाख रुपैयाँ र मेगा बैंकको ३ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

आज जनरल इन्स्योरेन्सका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लाग्यो। यो दिन नेपाल फाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरमूल्यमा ५ प्रतिशत बढीको गिरावट आएको छ।

images
प्रकाशित मिति :कार्तिक ५, २०७७ बुधवार - १५:३३:२५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology