काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १२ दशमलव ४७ अंकले बढेर १,५८२ दशमलव ८४ को विन्दुमा कायम भएको छ । आज १ सय ९३ कम्पनीको ४९ लाख १३ हजार ४ सय ४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । यो दिन सबैभन्दा बढी जीवन बीमा समूहमा ७३.२५ अंकका बढोत्तरी भएको छ। निर्जीवन बीमा समूहमा ५३.३५ अंकको बढोत्तरी आएको आज बैंकिङ समूह ७.३५ अंक, व्यापार समूह ५.०७ अंक, होटेल्स् समूह १५.८५ अंक, विकास बैंक समूह १९.८२ अंक, जलविद्युत् समूह २६.७९ अंक, वित्त समूह ३.८२ अंक, उत्पादन तथा प्रशोधन समूह २४.२६ अंक, अन्य समूह ११.०५ अंक, लघुवित्त समूह १५.४१ अंक र म्युचुअल फन्ड समूह ०.११ अंकले उकालो लागेका छन्।
अरुण काबेली ८ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । अपी पावरको ७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।जनरल इन्स्योरेन्सका लगानीकर्ताले आज ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् । त्यस्तै, माउन्टेन हाईड्रो नेपालका लगानीकर्ताले ९ दशमलव ६६ प्रतिशतका दरले कमाएका छन् ।
नेपाल फाइनान्सका लगानीकर्ताले १ दशमलव ८६ प्रतिशतका दरले गुमाएका छन् भने रिलायन्स फाइनान्सका लगानीकर्ताले १ दशमलव ६४ प्रतिशतका दरले गुमाएका छन् ।