Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट ४४ वर्षीया महिलाको मृत्यु

कोरोनाबाट ४४ वर्षीया महिलाको मृत्यु

दैनिकी न्यूज

४, कार्तिक २०७७
कोरोनाबाट ४४ वर्षीया महिलाको मृत्यु
images

बुटवल । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । मंगलबार बिहान बुटवल–११ की ४४ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । सोमबार स्वास्थ्यमा समस्या आएपछि उनको लुम्बिनी प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ५ बजेर १० मिनेटमा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । उनका अनुसार ती महिलामा मधुमेहको समस्या थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

images
प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १०:००:५६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology