Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सोमबार दोहोरो अंकले बढ्यो शेयर बजार

सोमबार दोहोरो अंकले बढ्यो शेयर बजार

दैनिकी न्यूज

३, कार्तिक २०७७
सोमबार दोहोरो अंकले बढ्यो शेयर बजार
images

काठमाडौँ । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक १३.५८ अंकले बढेर १ हजार ५७०.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक २।६२ अंकले बढेर ३१०.८९ मा पुगेको छ ।

कूल १८९ वटा कम्पनीको ३२ लाख ६७ हजार ८ सय ६७ कित्ता शेयर खरिदबिक्री हुँदा ९५ करोड ४६ लाख ५६ हजार १ सय ७ रुपैयाँको कारोबार भएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ११ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी एउटा उपसमूहको शेयर मात्र घटेको छ ।

त्यसैगरी, सोमबार कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले अग्रता कायम गर्न सफल भएको छ । कम्पनीको ४ करोड २ लाख ५३ हजार ८ सय ९१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

images
प्रकाशित मिति :कार्तिक ३, २०७७ सोमवार - १५:३३:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology