काठमाडौं । आज सोमबार सुनचाँदीकोको स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि छापावाला सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेर ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदीको भाउ तोलामा स्थिर रही १२ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।