Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यसरी भयो सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड

यसरी भयो सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड

दैनिकी न्यूज

३०, आश्विन २०७७
यसरी भयो सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड
images

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको आइपीओ आज बाँडफाँड भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खालि भएको छ।


कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा बाँडफाँड नियमावली अनुसार गोलाप्रथाबाट १० कित्ता शेयर हात परेका छन्।

इन्स्योरेन्सको आइपीओमा कुल ८ लाख ६६ हजार ९०५ जना आवेदकबाट १ करोड ८५ लाख ९१ हजार ५२० कित्ता आइपीओ खरिदको लागि आवेदन परेकोमा ३ हजार ३६० जना आवेदकबाट परेको ६२ हजार २८० कित्ता शेयरको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

आइपीओमा ८ लाख ६३ हजार ५८५ आवेदनबाट १ करोड ८५ लाख २९ हजार २४० कित्ता शेयर खरिदको लागि रितपुर्वक आवेदन परेकोमा गोलाप्रथाबाट २ लाख ७३ हजारलाई बाँडफाँड गरिएको हो।

कम्पनीले असोज २१ गतेबाट २५ गतेसम्म १ सय रुपैयाँ अंकित मूल्यमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कुल ३० लाख कित्तामध्ये ४५ अर्थात् १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याएको थियो । त्यस्तै, ५५ अर्थात् १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि सुरक्षित गरिएको थियो । बाँकी २७ लाख ३० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

यो आइपीओलाई केयर रेटिङ नेपालले मध्यम अवस्था अर्थात् औसत जोखिम जनाउने केयर एनपीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ । निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

images
प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - ०८:५६:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology