Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नयाँ अर्थमन्त्री बनेकै दिन बढ्यो सेयर बजार

नयाँ अर्थमन्त्री बनेकै दिन बढ्यो सेयर बजार

दैनिकी न्यूज

२९, आश्विन २०७७
नयाँ अर्थमन्त्री बनेकै दिन बढ्यो सेयर बजार
images

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार विहीबार नेप्से सूचकांक एक दशमलब २९ अंकले बढेर १ हजार ५ सय ६२ दशमलब ४६ अंकमा पुगेर बन्द भएको छ । सेयर बढेपछि विहीबार एक अर्ब ४२ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । ४९ लाख ९४ हजार ३७६ कित्ता शेयर कारोबार भएका छन भने कुल कारोबार संख्या २३ हजार ८९ रहेको कछ । विहीबार कारोबारको शुरुवातमा बजार एक हजार ५ सय ७९ दशमलब १७ विन्दुसम्म पुगेको थियो । नयाँ अर्थमन्त्री विष्णु पौडेलले विहिबार नै पद बहाली गरेपछी त्यसको सकारात्मक प्रभाव सेयर बजारमा देखिएको सेयर विश्लेषक बताउँछन् । तर अर्थमन्त्री पौडेलले कसरी रणनीति तय गर्छन् त्यो हेर्न बाकी छ ।

images
प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १५:१५:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology