Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जग्गा हेर्न गएका लुटेराको कुटपिटबाट जग्गा देखाउनेको मृत्यु

जग्गा हेर्न गएका लुटेराको कुटपिटबाट जग्गा देखाउनेको मृत्यु

दैनिकी न्यूज

२३, आश्विन २०७७
जग्गा हेर्न गएका लुटेराको कुटपिटबाट जग्गा देखाउनेको मृत्यु
images

भक्तपुर । भक्तपुरमा जग्गा किन्ने बहानामा आएका दुई लुटेराको कुटपिटबाट जग्गा देखाउन गएका एक जनाको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका-८ सुडालमा जग्गा हेर्न आएका दुई जनाले कुटपिट गर्दा बिहीबार स्थानीय ६१ वर्षीय चन्द्रकुमार योञ्जनको मृत्यु भएको हो। बुधबार साँझ भएको कुटपिटबाट गम्भीर घाइते योञ्जनलाई सुरुमा उपचारको लागि मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि ग्रिनसिटी अस्पताल रिफर गरिएको थियो। ग्रिनसिटीमा उपचारका क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख तारादेवी थापाले जानकारी दिइन्। कुटपिट गर्ने अपरिचित व्यक्तिले योञ्जनलाई घाइते बनाएर साढे दुई तोलाको सुनको सिक्री लुटेर लगेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। कुटपिटपछि फरार व्यक्तिको खोजी एवं अनुसन्धान भइरहेको थापाले बताइन्। रासस

images
प्रकाशित मिति :आश्विन २३, २०७७ शुक्रवार - ०७:२८:०९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology