Logo

सोमवार, श्रावण २५ गते २०८३

images

आजदेखि सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन, यसरी भर्नुहोस्

आजदेखि सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन, यसरी भर्नुहोस्

दैनिकी न्यूज

२१, आश्विन २०७७
आजदेखि सानिमा जनरल इन्स्योरेन्सको आईपीओ निष्काशन, यसरी भर्नुहोस्
images

काठमाडौं । आजदेखि सानिमा जनरल इन्स्योरेन्सले आईपीओ सर्वसाधारणका लागि विक्री खुला गरेको छ ।

इन्स्योरेन्स कम्पनीले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । कुल कित्तामध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ ।

सर्वसाधारणले बाँकी २७ लाख ३० हजार कित्ताका लागि छिटोमा असोज २५ गते र ढिलोमा कात्तिक ६ गतेसम्म आवेदन दिन सक्नेछन् । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ । १ अर्ब रुपैयाँ जारी पूँजी रहेको उक्त कम्पनीको सर्वसाधारणलाई आईपीओ विक्री पश्चात जारी पूँजी बराबरको रकम कायम हुनेछ ।
उक्त कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

आईपीओ खरीद गर्न चाहनेहरुले विक्री प्रबन्धकसँगै सी–आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरको माध्यमबाट घरबाटै पनि आवेदन दिन सकिने छ ।

कम्पनीकोे आईपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बीबी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ । यो रेटिङले कम्पनीको आधार औषतभन्दा राम्रो रहेको संकेत गर्दछ ।

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - २१:२०:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology