Logo

सोमवार, श्रावण २५ गते २०८३

images

मंगलबार नेप्से सामान्य अंकले बढ्यो

मंगलबार नेप्से सामान्य अंकले बढ्यो

दैनिकी न्यूज

२०, आश्विन २०७७
मंगलबार नेप्से सामान्य अंकले बढ्यो
images

काठमाडौं । मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बजार बन्द भएको छ । आज कारोबार रकम भने बढेर करिब २ अर्ब ३३ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आज नेप्से परिसूचक ४.१७ अंकले बढेर १ हजार ५८६.२९ को विन्दुमा आएर कारोबार बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७६ अंकले बढेर ३१३.२२ को विन्दुमा सीमित बनेको छ । आज १९५ कम्पनीका ३६ हजार ९७९ पटक सेयर कारोबार हुँदा २ अर्ब ३३ करोड २६ लाख २८ हजार ७४९ रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन ९२ लाख ४९ हजार ८९६ कित्ता शेयरको किनबेच भएको छ ।

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ६ वटामा मात्र बढेको छ भने बाँकी ६ वटाको शेयर मूल्यमा गिरावट आएको छ । यस दिन जलविद्यूत समूह सबैभन्दा बढी ६६.८३ अंकले बढ्यो भने निर्जिवन विमा समूह सबैभन्दा बढी ५७.०२ अंकले घट्यो ।

 

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १५:१७:१९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology