Logo

आइतवार, श्रावण २४ गते २०८३

images

जनरल इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड

जनरल इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड

दैनिकी न्यूज

२०, आश्विन २०७७
जनरल इन्स्योरेन्सको आईपीओ आज बाँडफाँड
images

काठमाडौं । आज जनरल इन्स्योरेन्स कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँड हुने भएको छ ।

जनरल इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल मंगलबार विहान १०ः३० बजे फेसबुक लाइभमार्फत आईपीओ बाँडफाँड गर्ने बताइएको छ ।

क्यापिटलका अनुसार आईपीओ बाँडफाँडको लागि आइतबार ’प्रि अलोटमेन्ट’ सम्पन्न गरेको छ । सोमबार बोर्डको स्वीकृति पश्चात मंगलबार आईपीओ बाँडफाँड हुन लागको हो ।

कम्पनीले असोज ११ गतेदेखि असोज १४ गतेसम्म १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये १ लाख २० हजार कित्ता संस्थाका कर्मचारीलाई, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार कम्पनीको आईपीओ २ लाख ७३ हजार जनाले गोलाप्रथाबाट १० कित्ताको दरले पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुनेछ ।

कम्पनीको आईपीओमा ८ लाख २० हजार ४०० बढीले आवेदन गरेका छन् । यसअनुसार कम्पनीको आईपीओ ५ लाख ४७ हजार ४०० बढीले नपाउने देखिन्छ ।

images
प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - ०८:१५:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology