काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सयमा कारोबार भएको आज तोलामा ४ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९३ हजार ६ निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११८० रहेको महासंघले जनाएको छ ।